Logo

माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कुन बैंकको कति ?



काठमाडौं । माघ महिनाको लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन । माघ महिनाको लागि वाणिज्य बैंकको ब्याजदर औसत ०.८२ प्रतिशतले घटेको छ । पुस महिनाको लागि ८.९९ प्रतिशत रहेको वाणिज्य बैंकको मुद्धती निक्षेपको ब्याजदर माघ महिनाको लागि ८.१७ प्रतिशत कायम भएको बैंकहरुले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । बैंकले कर्जा लगानी बढाउन नसक्दा तरलता व्यवस्थापन चुनौति बनेको छ । बैंकले महँगो ब्याजदरमा निक्षेप संकलन गरेर उठाएको पैसा बजारमा लगानी नहुँदा बैंकिङ क्षेत्रमा समस्या देखिन थालेको छ । जसको कारण वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका हुन ।

laxmi

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदरमा पनि गिरावट आउने सक्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस २२ गतेसम्मको तथ्यांक अनुसार बैंकिङ क्षेत्रको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतभन्दा तल छ । यस अवधिसम्म बैंकिङ प्रणालीमा १ खर्ब रुपैयाँ भन्दा धेरै तरलता रहेको नेपाल राष्ट्र बैंक श्रोतले बतायो ।

पुस २२ गतेसम्म वाणिज्य बैंकले मात्र ५३ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४४ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन । यस अवधिसम्म अन्तर बैंक ब्याजदर २.६८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

माघ महिनामा सबैभन्दा धेरै निक्षेपमा ब्याज दिने बैंक सिटिजन्स बैंक रहेको छ । सिटिजन्स बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.१५ प्रतिशत ब्याज दिने भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर भने कृषि विकास बैंकको छ । पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.०१ प्रतिशत ब्याज दिइरहेको यस बैंकले माघ महिनामा अधिकतममा ७.२६ प्रतिशत मात्र ब्याज दिने भएको छ । बैंकले आफ्नो ब्याजदर १.७५ प्रतिशत विन्दु घटाएको हो ।

सबैभन्दा बढी ब्याजदर घटाउने बैंक प्राइम कमर्सियल बैंक रहेको छ । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतमम १० प्रतिशतका दरले ब्याज दिइरहेको यस बैंकले माघ महिनामा ८.१ प्रतिशत मात्र ब्याज दिने भएको छ । वाणिज्य बैंकले संस्थागत लगानीकर्तालाई व्यक्तिगत मुद्धतीमा २ प्रतिशत ब्याज कम दिने गरेका छन ।

कुन बैंकको ब्याजदर कति सूचीमा :

प्रतिक्रिया दिनुहोस्
MBL