Logo

चालु खाता र शोधनान्तर स्थिति दुबै बचतमा, विदेशी विनिमय संचितिले १४ महिनाको आयात धान्ने

चालु खाता र शोधनान्तर स्थिति दुबै बचतमा, विदेशी विनिमय संचितिले १४ महिनाको आयात धान्ने



काठमाडौं । सरकारको चालु खाता र सोधनान्तर स्थिति दुबै बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार मंसिर मसान्तसम्म चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा पुगेको छ ।

laxmi

गत वर्षको मंसिरमा ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको चालु खाता यो वर्षको मंसिरमा १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँ बचतमा पुगेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

यस्तै यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक बर्षको यहि अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो ।

यस्तै चालु आवको मंसिरसम्म पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति २१० अर्ब ५९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको कार्तिक महिनाको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चितिले १४.१ महिनाको बस्तू तथा सेवा धान्न सक्ने अवस्था रहेको छ । मंसिर महिनासम्म देशको ढुकुटीमा १७ खर्ब ६७ अर्ब ४ करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL