Logo

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच सम्झौता, बैंकका ग्राहक कर्मचारीहरुलाई विशेष छुट हुने

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच सम्झौता, बैंकका ग्राहक कर्मचारीहरुलाई विशेष छुट हुने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारीहरुलाई विभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना, सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट सम्म दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL