Logo

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबीच सम्झौता, स्वास्थ्य सेवामा छुट

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबीच सम्झौता, स्वास्थ्य सेवामा छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

laxmi

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक, बैंकका कर्मचारी, तथा शेयरधनीहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीकाबाट प्रदान गर्नेछ ।

स्वास्थ चेक जाँचमा कर्मचारी तथा शेयरधनीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL