Logo

विदेशमा पढ्न र रोजगारीका लागि जाने नेपालीको सटही सुविधा बढ्यो, कसले कति पाउँछन् ?

विदेशमा पढ्न र रोजगारीका लागि जाने नेपालीको सटही सुविधा बढ्यो, कसले कति पाउँछन् ?



काठमाडौं । अब विभिन्न ५ देशमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुले ५ सय डलरसम्म सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एकिकृत निर्देशन जारी गर्दै अब जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानडा जाने श्रमिकले अब ५ सय डलर बराबरको सटही सुविधा पाउने व्यवस्था गरेको हो ।

laxmi

यसअघि सबै देशमा जाने नेपाली श्रमिकका लागि २ सय डलर बराबरको सटही सुविधा पाउने व्यवस्था थियो । यसरी सटहीको सुविधा पाउनका लागि भने राहदानी सुविधा वापत सटही माग गर्न आउने निवेदकहरूबाट कन्फम्र्ड हवाई टिकट तथा नाम, ठेगाना र फोटो समेत भएको एवम् अग्रिम भिसा आवश्यक पर्ने अवस्थामा भिसा प्राप्त राहदानीको पृष्ठको छविचित्र अनिवार्यरुपमा पेश गर्न लगाउनु पर्नेछ ।

ती छविचित्रहरू सक्कल प्रतिसँग भिडाई दुरुस्त भएमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ । तर, विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भइआएको आधारमा सटही सुविधा उपलब्ध गराउन यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।

यस्तै राष्ट्र बैंकले उच्च शिक्षा पढ्न क्यानडा, अमेरिका, अष्ट्ेलिया र युरोपेली मुलुकमा पढ्न जाने नेपाली विद्यार्थीले पनि अब १२ हजार डलर बराबरको सटही सुविधा पाउने भएका छन् । यसअघि विद्यार्थीले १० हजार डलर बराबरको मात्रै सटही सुविधा पाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL