Logo

तीन वाणिज्य बैंकसहित ६ विकास बैंक समयमै एजीएम गर्न असफल, ११ बैंकले लाभांश नदिने

तीन वाणिज्य बैंकसहित ६ विकास बैंक समयमै एजीएम गर्न असफल, ११ बैंकले लाभांश नदिने



काठमाडौं । तीन वाणिज्य बैंकसहित ६ विकास बैंकले नियामानुसार समयमै साधारण सभा गर्न नसक्ने भएका छन । हाल सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंक मध्ये १७ वाणिज्य बैंकले मात्र गत आर्थिक वर्षको वित्तीय विवरण र लाभांश पारित गर्न साधारण सभा बोलाएका छन् ।

laxmi

बाँकी तीन वाणिज्य बैंकले भने चालु आर्थिक वर्षको ६ महिनाभित्र साधारण सभा गर्न नभ्याउने भएका हुन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंकले तोकिएको समयमा साधारण सभा गर्न नसक्ने भएका हुन । यसैगरी, विकास बैंकमा नारायणी विकास बैंक, कर्णाली विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकले समयमा साधारण सभा गर्न नभ्याउने भएका हुन ।

कम्पनी ऐन २०६३ को दफा नम्बर ६७ को उपदफा नम्बर १ अनुसार कुनै पनि पब्लिक कम्पनीले कारोबार शुरु गर्ने इजाजत पाएको एक वर्षभित्र प्रथम वार्षिक साधारण सभा गर्नुपर्ने र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको छ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ ।

वार्षिक साधारण सभा गर्नको लागि कम्तीमा २१ दिन अगाडि नै पत्रपत्रिकामा सूचना प्रकाशित गरिसक्नुपर्ने व्यवस्था रहेको छ । यसैगरी, कम्पनीले विशेष साधारण सभा गर्नको लागि कम्तीमा १५ दिन अगाडि नै सेयरधनीहरुलाई कम्पनीलाई उपलब्ध गराएको ठेगानामा सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय खोली सूचना पठाउनु पर्ने व्यवस्था रहेको छ । सो कुराको सूचना कम्तीमा दुईपटक राष्ट्रियस्तरको दैनिकपत्रिकामा पनि प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।

तर, पुसको १२ गते भइसकेको र चालु आर्थिक वर्षको ६ महिना बित्न अब १७ दिन मात्र बाँकी रहेको अवस्थामा हालसम्म तीन वाणिज्य बैंक र ६ विकास बैंकले साधारण सभाको लागि कुनै पनि सूचना जारी गरेका छैनन् । सो कारण बैंकहरुले तोकिएको समयमा साधारण सभा गर्न नसक्ने भएका हुन् । पब्लिक कम्पनीले म्याद नाघेको तीन महिनाभित्र पनि वार्षिक साधारण सभा नबोलाएमा कम्पनी रजिष्टारको कार्यालयले त्यस्तो कम्पनीको वार्षिक साधारण सभा बोलाउन निर्देशन दिनसक्ने व्यवस्था रहेको छ ।

निर्देशन प्राप्त गरेको तीन महिनाभित्र पनि कम्पनीले वार्षिक साधारण सभा नबोलाएमा सो कुरा खुलाई कुनै सेयरधनीले अदालतमा निवेदन दिनसक्ने व्यवस्था रहेको छ । त्यस्तो निवेदन दिएमा अदालतले वार्षिक साधारण सभा गर्न लगाउन वा अन्य उपयुक्त आदेश जारी गर्न सक्ने व्यवस्था छ । हालसम्म माछापुच्छ«े बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक र नेपाल बैंकले साधारण सभाको टुङ्गो लगाइसकेका छन ।

केहि बैंकले गत आर्थिक वर्ष २०७९–८० को साधारण सभा सम्पन्न गरि नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश पनि वितरण गरिसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट केहि बैंकले भने आफ्ना लगानीकर्तालाई लाभांशस दिन नसक्ने जानकारी दिइसकेका छन् । वाणिज्य बैंकतर्फ गत आर्थिक वर्षको नाफाबाट एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, नेपाल बैंक र कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएका हुन ।

वाणिज्य बैंकको तथ्यांक सूचीमा

यसैगरी, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक र सप्तकोसी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । सातवटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई औसत ७ प्रतिशत लाभांश वितरण गरेका छन् ।

विकास बैंकको तथ्यांक सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL