Logo

बैंकको ब्याजदर औसत ९ प्रतिशतभन्दा तल झर्यो, यसकारण घट्दैछ ब्याज !

बैंकको ब्याजदर औसत ९ प्रतिशतभन्दा तल झर्यो, यसकारण घट्दैछ ब्याज !



काठमाडौं । पुस महिनामा बैंकहरुले आफ्ना ग्राहकलाइै दिने निक्षेपको ब्याजदर औसत ९ प्रतिशतभन्दा कम बनाएका छन । पुस महिनाको लागि वाणिज्य बैंकको औसत ब्याजदर ८.९९ प्रतिशत कायम भएको हो । मंसिर महिनामा वाणिज्य बैंकको औसत निक्षेपको ब्याजदर ९.६१ प्रतिशत थियो । एक महिनमा वाणिज्य बैंकको निक्षेपको ब्याजदर औसत ०.६२ प्रतिशतले घटेको छ ।

laxmi

बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस महिनाको लागि अधिकासं वाणिज्य बैंकको ब्याजदर एकल अंकमा झरेको छ । एक वाणिज्य बैंकको निक्षेपको ब्याजदर भने १० प्रतिशत रहेको छ । पुस महिनाको लागि प्राइम कमर्सियल बैंकले निक्षेपमा सबैभन्दा धेरै १० प्रतिशत ब्याज दिने भएको छ ।

माछापुच्छ्रेले बैंकले ९.६ प्रतिशत, नेपाल एसबिआई बैंकले ९.६ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंकले ९.५ प्रतिशत, सिटिजन्स बैंकले ९.३५ प्रतिशत, कुमारी बैंकले ९.३१ प्रतिशत, सिद्धार्थ बैंकले ९.२५ प्रतिशत र कृषि विकास बैंकले निक्षेपमा ९.०१२ प्रतिशत ब्याज दिनेछन ।

यसैगरी, लक्ष्मी बैंक, एनएमबि, प्रभु बैंक र सानिमा बैंकले आफ्ना बचतकर्तालाई ९ प्रतिशत ब्याज दिने भएकाछन । एनआईसी एसिया बैंकले ८.६७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.६१ प्रतिशत, हिमालयन बैंकले ८.६०३ प्रतिशत, ग्लोबल आईएमई बैंकले ८.६ प्रतिशत, नबिल बैंकले ८.६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड नेपाल बैंकले ८.५६ प्रतिशत, नेपाल बैंकले ८.५५ प्रतिशत र एभरेष्ट बैंकले ८ प्रतिशत निक्षेपको ब्याजदर दिनेछन ।
यसकारण घट्दैछ व्याज !

नेपाल राष्ट्र बैंकले मंसिर २२ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ । यसकारण बैंकहरुलाई ब्याजदर घटाउन दवाब परेपछि सबै वाणिज्य बैंकले ब्याजदर घटाईरहेका छन ।

यसैगरी, पछिल्लो समय बैंकिङ क्षेत्रले कर्जा लगानी गर्न नसक्दा अधिक तरलताको अवस्था सिर्जना भएको छ । बैकिङ क्षेत्रमा तरलता बढी हुँदा बैंकहरुले महँगो ब्याज तिरेर निक्षेप संकलन गरि सस्तो ब्याजमा राष्ट्र बैंकमा पैसा राख्नुपर्ने अवस्था छ । यसकारण पनि बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थालेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL