Logo

कर्जाको ब्याजदर घटाउने गरी मौद्रिक नीतिकाे समीक्षा, घट्यो बैंक दरदेखि नीतिगत दरसम्म (पूर्णपाठसहित)

कर्जाको ब्याजदर घटाउने गरी मौद्रिक नीतिकाे समीक्षा, घट्यो बैंक दरदेखि नीतिगत दरसम्म (पूर्णपाठसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घट्नेगरी मौद्रिक नीतिको त्रैमासिक समिक्षा गरेको छ । पछिल्लो समय उच्च ब्याजदरका कारण अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो बढिरहेको बेलामा राष्ट्र बैंकले कर्जाको ब्याज घटाउनेगरी उक्त समिक्षा गरेको हो ।

laxmi

समिक्षामार्फत राष्ट्र बै.कले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरेको छ । केन्द्रिय बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दर घटाएको बताएको छ ।

यस्तै केन्द्रिय बैंकले नीतिगत दरलाई पनि एक प्रतिशत विन्दुले घटाएको छ । हाल ६.५ प्रतिशत रहेको नीतिगत दरलाई घटाएर ५.५ प्रतिशत झारेको छ । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई पनि ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकद्वारा जारी मौद्रक नीतिको समीक्षमा उल्लेख छ ।

राष्ट्र बैंकले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखेको छ ।

[googleapps domain=”drive” dir=”file/d/19qxQqEGPetXW49MuXpHpurbb_nF7kt5b/preview” query=”” width=”100%” height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL