Logo

मौद्रिक नीतिको त्रैमासिक समिक्षा अर्को हप्ता मात्र, यस्तो छ लचकताको तयारी

मौद्रिक नीतिको त्रैमासिक समिक्षा अर्को हप्ता मात्र, यस्तो छ लचकताको तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समिक्षा आगामी सातामात्रै प्रकाशित गर्ने भएको छ । राष्ट्र बैंकले कात्तिक मसान्तभित्र ल्याइसक्नु पर्ने मौद्रिक नीतिको पहिलो समिक्षा मंसिर १५ गतेसम्म पनि ल्याउन सकेको छैन ।

laxmi

नेपाल राष्ट्र बैंकका एक अधिकारीले यो हप्ता मौद्रिक नीति समिक्षा नआउने बताए । उनले बुधबारबाट उच्च व्यवस्थापन तहमा छलफल भइरहेको र मौद्रिक नीतिको समिक्षा अर्को सातामात्रै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि विभागीय तहबाट सम्पूर्ण तयारी सकाएको र समिक्षाको लागि उच्च व्यवस्थापन तहमा छलफल भइरहेको राष्ट्र बैंकका ती अधिकारी बताउँछन । उच्च व्यवस्थापन तहमा छलफल भएपश्चात सञ्चालक समितिले पारित गरेपछि समीक्षा सार्वजनिक गरिने उनी बताउँछन ।

यसैगरी, गभर्नर महाप्रसाद अधिकारीले कात्तिक महिनाको प्रोभिजनल तथ्यांक अध्ययन गर्दा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्न ढिलाई भएको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक नहुँदा आकाशै खसेजस्तो गर्न नहुने बताए ।

मौद्रिक नीति समिक्षाले के–के समेट्ला ?

राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिको समिक्षाले केहि कुरामा नीतिगत लचकता लिने अपेक्षा गरिएको छ । मौद्रिक नीति सार्वजनिक गरेबाटै केहि लचिलो नीतिहरु लिन थालेको राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षामा पनि लचिलो नै नीति लिन सक्ने सम्भावना देखिन्छ ।

राष्ट्र बैंकका गर्भनर अधिकारीले नै राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति समिक्षाले अर्थतन्त्रमा उथलपुथल ल्याउन नसक्ने बताएका छन । ‘सबैको ध्यान राष्ट्र बैंकमा केन्द्रीत रहेको छ । तर, मौद्रिक नीतिको आफ्नो सीमा हुन्छ,’ उनले भने, ‘त्यही सीमा भित्र रहेर काम गर्नुपर्छ । आफ्नो क्षेत्राधिकारबाहेक अन्य क्षेत्रमा मौद्रिक नीतिले काम गर्न सक्दैन । राष्ट्र बैंकले अर्थतन्त्रमा उथलपुथल गर्न सक्दैन ।’ गर्भनरको यो भनाईने भने मौद्रिक नीति समिक्षा खासै लचिलो नआउने देखाएको छ ।

यसैगरी, अहिले बैंकमा भएको तरलता, कर्जा लगानीमा देखिएको सुस्तता र सेयर बजारमा देखिएको निरासालाई सम्बोधन गर्ने खालको मौद्रिक नीति समिक्षाको आवश्यकता देखिएको छ । यता अर्थतन्त्रमा देखिएका केहि समस्याहरुको समाधान गर्नका लागि पनि राष्ट्र बैंकले लचिलो नीति अपनाउन पर्ने अर्थ मन्त्रालयको माग छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्भनरलाई बिभिन्न सार्वजनिक कार्यक्रम तथा व्यक्तिगत रुपमा भेटेर नै राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउने खालको नीति लिन आग्रह गरिरहेका छन ।

अहिले अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय बैंकले आफ्नो नीतिलाई केहि लचिलो बनाउँदै लगेको छ । समीक्षामा पनि केन्द्रीय बैंकले केहि नीतिहरुमा लचकता अपनाउने संकेत गरेको छ । मौद्रिक नीतिको समीक्षा हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले समेत गभर्नर महाप्रसाद अधिकारी लगायतलाई बोलाएर अर्थतन्त्रको विषयमा छलफल गरेका थिए । यसले गर्दा पनि मौद्रिक नीतिको समीक्षामा अझै लचकता अपनाउनु पर्ने बाध्यता राष्ट्र बैंकलाई छ ।

राष्ट्र बैंकले अर्थमन्त्रालयको प्रेसरका कारण मौद्रिक नीति अघि नै सर्कुलर जारी गर्दै सेयर धितो कर्जा, घरजग्गा कर्जालगायतमा केही लचक नीति लिएको थियो । यसले गर्दा पनि अब समीक्षामा ठूलो नीतिगत परिवर्तन हुने अपेक्षा भने गरिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
MBL