Logo

६५ प्रतिशत लघुवित्तमा बैंकिङ क्षेत्रको लगानी, ९ वटामा ५० प्रतिशतभन्दा धेरै

६५ प्रतिशत लघुवित्तमा बैंकिङ क्षेत्रको लगानी, ९ वटामा ५० प्रतिशतभन्दा धेरै



काठमाडौं । हाल सञ्चालनमा रहेका ५६ प्रतिशत लघुवित्त वित्तीय संस्थामा बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको लघुवित्त अध्ययन प्रतिवेदनले हाल सञ्चालनमा रहेका ६३ वटा लघुवित्तमध्ये ४१ वटा लघुवित्तमा बैंक तथा वित्तीय संस्थाको लगानी रहेको जानकारी दिएको छ ।

laxmi

यसमध्ये ९ वटा लघुवित्त वित्तीय संस्थामा बैंकिङ क्षेत्रको ५० प्रतिशतभन्दा धेरै लगानी रहेको तथ्य राष्ट्र बैंकले सार्वजनिक गरेको छ । विगत केहि वर्षयता लघुवित्तका शाखा र कर्मचारी संख्या तथा कर्जा विस्तार पनि उच्च रहेको छ ।

यस कारण लघुवित्त क्षेत्रको विस्तारमा पनि उल्लेखनीय योगदान पुगेको राष्ट्र बैंकले जनाएको छ । २०७९ चैतमा समग्र लघुवित्तको शाखा संख्या ५ हजार १ सय ६४, कर्मचारी २२ हजार ८ सय ४६ र कर्जा लगानी ४ खर्ब ४१ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

तेश्रो, प्रति शाखा कर्जा लगानी र प्रति कर्मचारी कर्जा प्रवाह विगत दशकमा बढी क्रमशः ८ करोड ५५ लाख र १ करोड ८९ लाख पुग्नुले लघुवित्त क्षेत्र क्षमताभन्दा बढी बिस्तार भएको सङ्केत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL