Logo

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा बाबुराम सुवेदी, गभर्नरसमक्ष लिए सपथ

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा बाबुराम सुवेदी, गभर्नरसमक्ष लिए सपथ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

laxmi

यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सुवेदीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनी नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL