Logo

ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड, यस्तो छ प्रतिसेयर आम्दानी

ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले खुद नाफा ३.०४ प्रतिशत बढेर १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

laxmi

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशत बढेर ४ अर्ब ८० करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ३६.१९ प्रतिशत बढेर ७३ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ४७.३५ प्रतिशत बढेर ५ अर्ब ७० करोड ९१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ६.४२ प्रतिशत बढेर १ अर्ब ७९ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

बैंकको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने ६.२९ रुपैयाँ घटेर १३.७१ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६८.३० रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ, जगेडा कोष ६.६३ प्रतिशत बढेर २४ अर्ब ४३ करोड रुपैयाँ, निक्षेप संकलन ३.९१ प्रतिशत बढेर ४ खर्ब ४३ अर्ब रुपैयाँ र कर्जा ०.२७ प्रतिशत बढेर ३ खर्ब ५७ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL