Logo

१४ वाणिज्य बैंकले ब्याज घटाउँदा दुईले बढाए, चारको यथावत : औसतमा ०.३० प्रतिशतले घट्यो (सूचीसहित)

१४ वाणिज्य बैंकले ब्याज घटाउँदा दुईले बढाए, चारको यथावत : औसतमा ०.३० प्रतिशतले घट्यो (सूचीसहित)



काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाको लागि औसत ब्याजदर घटाएका छन् । कात्तिक महिनाको लागि १९ वाणिज्य बैंकको औसत ब्याजदर ०.२९९ प्रतिशतले घटेको छ ।

laxmi

कात्तिक महिनको लागि दुई बैंकले निक्षेपको ब्याजदर बढाएका छन । एनएमबि बैंकले कात्तिक महिनाको लागि निक्षेपको ब्याजदर १.१३ प्रतिशतले बढाएको छ । यसैगरी, नेपाल एसबिआई बैंकले पनि कात्तिकको लागि ब्याजदर बढाएको छ । यस बैंकले कात्तिक महिनाको लागि ०.७० निक्षेको ब्याजदर बढाएको छ । बाँकी १४ वाणिज्य बैंकले कात्तिकको लागि ब्याजदर घटाएका छन भने ४ वाणिज्य बैंकले असोजको ब्याजदर कात्तिकको लागि पनि यथावत राखेका छन ।

वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । अघिल्लो महिनामा ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेर ब्याजदर बढाएका अधिकांश बैंकहरुले कात्तिक महिनाको लागि घटाएर ब्याजदर सार्वजनिक गरेका हुँन ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त छ । तर, कर्जा विस्तार हुन सकेको छैन । त्यसैले बैंकहरुलाई ब्याजदर घटाउनुको पर्ने बाध्यता जस्तो अवस्था बनेको थियो । निक्षेपको ब्याजदरसँगै अब कर्जाको ब्याजदर पनि घट्दै जाने बैंकरहरुको बुझाई छ ।

ब्याजदर सूची

प्रतिक्रिया दिनुहोस्
MBL