Logo

एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित



काठमाडौं । एनआईसी एशिया बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाले ३०.५२६३ प्रतिशत लाभांश पारित गरेको छ ।

laxmi

यससँगै बैंकका योग्य सेयरधनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् ।

लाभांश पारितसँगै बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड नाघेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत भएको छ ।

यसैगरी, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकले हाल ३६० शाखा कार्यालयहरू, ६३१ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL