Logo

गभर्नर महाप्रसाद अधिकारीको पर्फमेन्समा सुधार, ग्रेड ‘सी’ बाट उक्लिए ‘बी माइनस’मा

गभर्नर महाप्रसाद अधिकारीको पर्फमेन्समा सुधार, ग्रेड ‘सी’ बाट उक्लिए ‘बी माइनस’मा



काठमाडौं । विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरुको सूचीमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ग्रेड गत वर्ष (२०२२) को तुलनमा सुधार भएको छ । अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ गभर्नर अधिकारीको कार्यक्षमतामा सुधार आएको भन्दै ‘बी माइनस’ ग्रेड दिएको हो ।

laxmi

यसअघि सन् २०२२ मा भने अधिकारीले ‘सी’ ग्रेड पाएका थिए । पछिल्लो समय नेपालमा उनको कार्यक्षमता माथि प्रश्न उठाउँदै उद्योगी व्यवसायी एवं सेयर लगानीकर्ताले उनीमाथि गालीगलौज गरेपनि अर्थतन्त्रको सुचक मापनमा आन्तरिक रुपमा उनले अर्थतन्त्र सुधारको काम गरेको भन्दै मूल्यांकनमा उनको ग्रेड वृद्धि भएको हो । गभर्नर अधिकारीले सन् २०२३ को पहिलो ८ महिनामा देशका प्रमुख वित्तीय सूचकहरु ‘सही बाटोमा’ ल्याएको उक्त पत्रिकाले उल्लेख गरेको छ । उक्त पत्रिकाले यस अवधिमा रेमिट्यान्स २५ प्रतिशतले बढेको जानकारी दिएको छ ।

यसैगरी, कुल विदेशी मुद्रा सञ्चिति १५ प्रतिशतले बढेर करिब ११ महिनाको आयात धान्न सक्ने अवस्थामा रहेको जानकारी दिएको छ । यसैगरी, ब्याजदर केहि घटेको पनि उक्त पत्रिकामा उल्लेख छ । यता मुद्रास्फीति जुलाई महिनामा ७।४ प्रतिशतमा झरेको उल्लेख छ । साथै अधिकारी गभर्नर भएसँगै उनले बाह्य क्षेत्र सुधारमा समेत उल्लेखनीय काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL