Logo

सानिमा बैंक र फ्रन्टलाईन हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई हस्पिटलमा छुट

सानिमा बैंक र फ्रन्टलाईन हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई हस्पिटलमा छुट



काठमाडौं । सानिमा बैंक र फ्रन्टलाईन हस्पिटलबीच सम्झौता बैंकका ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्थासहित उक्त सम्झौता गरिएको हो ।

laxmi

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सानिमा बैंकका ग्राहकहरुले ओपिडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधीको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL