Logo

असोजको लागि सात वाणिज्य बैंकले घटाए निक्षपको ब्याज, औसत ०.९ प्रतिशत घट्यो

असोजको लागि सात वाणिज्य बैंकले घटाए निक्षपको ब्याज, औसत ०.९ प्रतिशत घट्यो



काठमाडौं । असोज महिनाको लागि सात बैंकले निक्षपको ब्याजदर घटाउँदा बैंहरुको निक्षपको ब्याजदर औसत ०.०९ प्रतिशत घटेको छ । असोज महिनाको लागि तीन वटै सरकारी वाणिज्य बैंकले निक्षपको ब्याजदर घटाएका छन ।

laxmi

गत भदौ महिनामा तीन वटै सरकारी बैंकले निक्षपको ब्याजदर बृद्धि गरेका थिए । बैंकहरुलाई बोलाएर अर्थमन्त्रीले ब्याजदर घटाउन भनेका थिए । जसको कारण सरकारी बैंकले निक्षपको ब्याजदर केहि घटाएका छन ।

विशेषगरी सरकारले स्थानीय तह संचिती कोषमा रहेको रकमको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्ने व्यवस्था गरेसँगै सरकारी लगायत अन्य वाणिज्य बैंकहरुले असोजका लागि निक्षेपको व्याज घटाएका हुन् । तीन वट सरकारीका साथै कुमारी बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक, सानिमा बैंकले असोज महिनाको लागि ब्याजदर घटाएका हुन् ।

तर सो अबधिमा एभेरेष्ट, हिमालयन बैंक लगायत अन्य ७ वाणिज्य बैंकले भने निक्षेपको व्याजदर उच्च रुपमा बढाएका छन् । तर सबैभन्दा स्थानीय तहको रकम परिचालन गरेको एनआईसी एसिया बैंकले भने हालसम्म असोज महिनाको लागि निक्षेपको व्याजदर सार्वजनिक गरेको छैन ।

कुन बैंकले निक्षपमा ब्याज कत्ति दिन्छन? सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL