Logo

सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच छुटसम्बन्धी समझदारी, सम्झौतापत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच छुटसम्बन्धी समझदारी, सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक महानुभाव तथा बैँकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

laxmi

सोमबार भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा।राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ।पि।डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैकका कर्मचारी तथा ग्राहकहरूले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL