Logo

गरिमा विकास बैंकले ल्यायो तीज गीत, टिकटक प्रतियोगिता पनि सार्वजनिक

गरिमा विकास बैंकले ल्यायो तीज गीत, टिकटक प्रतियोगिता पनि सार्वजनिक



काठमाडौं । गरिमा विकास बैंकले तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ ।

laxmi

साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको छ । बंैकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई ३० हजार रुपैयाँ, द्वित्तियलाई २० हजार, तृतियलाई १० हजार रुपैयाँ र बाँकी ७ भिडियोलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने बताईएको छ ।

टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL