Logo

कामना सेवा विकास बैंक र सिजी मोटर्सबीच सम्झौता, बैंकले विद्युतीय सवारी खरिदका लागि सहुलियत दरमा कर्जा दिने

कामना सेवा विकास बैंक र सिजी मोटर्सबीच सम्झौता, बैंकले विद्युतीय सवारी खरिदका लागि सहुलियत दरमा कर्जा दिने



काठमाडौँ । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजी मोटर्स प्रालिसँग शुक्रबारको दिन सम्झौता गरेको छ ।

laxmi

सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र सिजी मोटर्सको तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात् सिजी मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL