Logo

भदौ महिनाको अधिकांश वाणिज्य बैंकको ब्याजदर बढ्यो, कसको कत्ति बढ्यो ? (सूचीसहित)

भदौ महिनाको अधिकांश वाणिज्य बैंकको ब्याजदर बढ्यो, कसको कत्ति बढ्यो ? (सूचीसहित)



काठमाडौं । भदौ महिनाको लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । २० वटै वाणिज्य बैंकले बिहीबार सार्वजनिक गरेको निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरुले सार्वजनिक गरेको उक्त ब्याजदरमा १२ वाणिज्य बैंकको ब्याजदर वृद्धि भएको छ । बाँकी ४ वाणिज्य बैंकले गत महिनाको ब्याजदरलाई यथावत राखेका छन् भने बाँकी तीन बैंकको ब्याजदर साउन महिनाको तुलनामा केहि घटेको छ ।

laxmi

भदौमा बैंकहरुले अधिकतम १०.८९ प्रतिशत र न्युनतम ९.९२ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक–फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । साउनमा बैंकहरुले भद्रसहमति तोडेर आफुखुसी ब्याजदर निर्धारण गर्न सुरु गरेका थिए। साउनको लागि पनि ५ बैंकले ब्याजदर बढाएका थिए । केहि बैंकले साउन महिनाको लागि ब्याजदर घटाएका थिए भने केहि बैंकले यथावत राखेका थिए ।

बैंकहरुले ‘ब्याजदर कार्टेलिङ’ अन्त्य गरेसँगै बैंकको ब्याजदर घटछ भन्ने अर्थमन्त्री तथा व्यवसायीहरुको बुझाई थियो । पछिल्लो समय बैंकको ब्याजदर घटाउनुपर्छ भन्ने व्यवसायीको माग थियो । तर, बैंकहरुले ‘ब्याजदर कार्टेलिङ’ अन्त्य गरेपनि ब्याजदर वृद्धिलाई भने जारी राखेका छन् ।

कुन बैंकको ब्याजदर कत्ति छ ?

भदौको लागि ७ वाणिज्य बैंकले मुद्दति निक्षेपमा १०.८९ प्रतिशत ब्याजदर दिने भएका छन् । उक्त ब्याजदर दिनेमा ग्लोबल आइएमई, एनआइसी एसिया, नेपाल, कुमारी, सानिमा, सिटिजन र कृषि विकास बैंक रहेका छन् । त्यस्तै, प्राइम, नबिल, लक्ष्मी सनराइज, एभरेष्ट र प्रभु बैंकको ब्याजदर पनि १० प्रतिशत माथि छ । भदौका लागि ४ बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । १२ बैंकको ब्याजदर भने बढेको छ ।

बैंकको ब्याजदर सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL