Logo

प्रभु बैंक र पीजफाईरबीच सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट

प्रभु बैंक र पीजफाईरबीच सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट



काठमाडौं । प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडकस्थित पिजफाइर रेष्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

laxmi

बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक तथा बैंकका सम्पूर्ण कर्मचारीहरुले पिजफाइर रेष्टुरेन्टद्धारा प्रदान गरिने ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत छुट प्राप्त हुने छ ।

उक्त सम्झौताअन्तर्गत पिजफाइर रेष्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले बैंकको क्युआर कोड डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पिजफाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान गरिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL