Logo

चालु आवको मौद्रिक नीति : रेमिट्यान्स बचत बैंकमा राख्दा थप १ प्रतिशत ब्याज पाइने व्यवस्था निरन्तर

चालु आवको मौद्रिक नीति : रेमिट्यान्स बचत बैंकमा राख्दा थप १ प्रतिशत ब्याज पाइने व्यवस्था निरन्तर



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने व्यवस्था यथावत राखेको छ ।

laxmi

नेपाल राष्ट्र बैंकले जारी गरेको गत आर्थिक वर्षको मौद्रिक नीतिले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको थियो ।

‘वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बैंकिङ प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था निरन्तरता राखिएको छ ।’ मौद्रिक नीतिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL