Logo

अन्तरबैंक ब्याजदर १ दिनमै ६ प्रतिशत बढ्यो, यस्तो छ कारण

अन्तरबैंक ब्याजदर १ दिनमै ६ प्रतिशत बढ्यो, यस्तो छ कारण



काठमाडौं । बैंकहरुले गर्ने अन्तरबैंक कारोबार ब्याजदर १ दिनमै ५.९८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यहि साउन १ गते ०.५३ प्रतिशत रहेको यस्तो ब्याजदर साउन २ गते बढेर ६.५१ प्रतिशत पुगेको छ ।
बैंकहरुमा रहेको स्थानीय तहको पैसा राष्ट्र बैंकको खातामा जम्मा हुँदा बैंकहरुमा भएको निक्षेप घटेको थियो । यस कारण बैंकहरुको अन्तरबैंक कारोबारमा ब्याजदर बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

चालु आर्थिक वर्षको साउन १ र २ गते अर्थात सोमबार र मंगलबार मात्रै बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको निक्षेप बाहिरिएको छ । साउन १ गते बैंकिङ प्रणालीको निक्षेप २४ अर्बले घट्दा ०.४४ प्रतिशतमा रहेको अन्तर बैंक दर बढेर ०.५३ प्रतिशतमा पुगेको थियो ।

गत आर्थिक वर्षमा तरलता अभाव हुँदा सरकारले बैंकहरुलाई दिएको स्थानिय तहको ८० प्रतिशत पैसा निक्षेपमा गणना गर्ने सुविधा चालु आर्थिक वर्ष सुरु भएसँगै समाप्त भएको छ । त्यसले गर्दा पनि बैंकहरुको निक्षेप घटेको हो । सरकारले तरलता अभावलाई सहज गर्न भन्दै गत आर्थिक वर्षको असार मसान्तसम्मका लागि दिएको यस्तो सुविधा चालु आर्थिक वर्षका सुरु भएसँगै सकिएको हो ।

यसैगरी, नेपाल राष्ट्र बैंकले बैंकहरुलाइ २०७८ भदौ भन्दा अघि जारी भएका ऋणपत्रलाई २०८० असारसम्ममा निक्षेपमा गणना गर्न पाइने व्यवस्था गरेको थियो । यसको समय अवधीपनि चालु आर्थिक वर्षबाट सकिएको छ । यस कारण पनि बैंकहरुको अन्तर बैंक कारोबारमा ब्याजदर बृद्धि भएको हो । साउन २ गतेसम्म आउँदा बैंकहरुको कर्जा लगानी पनि घटेको छ । यस दिनसम्म बैंकहरुले ४९ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो दिन बैंकहरुको यस्तो कर्जा ५० खर्ब ६२ अर्ब रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL