Logo

साउन ९ गतेसम्म मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक, मस्यौदा तयार

साउन ९ गतेसम्म मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक, मस्यौदा तयार



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति साउन ९ गतेसम्म ल्याइसक्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैकका एक उच्चअधिकारीले मौद्रिक नीति आगामी मंलबारसम्म आइसक्ने जानकारी दिएका हुन् ।

laxmi

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यकारी निर्देशक देवकुमार ढकाल लगायतको समूह हाल नेपाल बाहिर छ । त्यो समुह फर्केलगत्तै मौद्रिक नीति सार्वजनिक गरिने ति अधिकारीले बताए । ‘बुधबार गर्भनर फर्किने कुरा छ । बिहिबार नियमित काममा फर्किएपछि बिहिबार र शुक्रबार छलफल गरि साउनको ८ र ९ गतेभित्र मौद्रिक नीति ल्याउने तयारी गरेका छौं,’ उनले भने ।

हाल गभर्नर लगायतको टोलि एसिया–प्यासिफिक ग्रुप अन मनि लाउन्ड्रिङको साधारण सभामा सहभागि हुन क्यानडा पुगेको छ । एशिया प्रशान्त समूह (एपीजी)ले नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कमजोर कानुन र भएका कानुनको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अनुगमनमा राख्नु पर्ने प्रतिवेदन दिएको छ ।

उक्त प्रतिवेदन लगायतका विषयमा छलफल गर्न गर्भनर लगायत ३१ जनाको टोलि क्यानडा पुगेको हो । यस अवधिमा राष्ट्र बैंकले सम्बन्धित सबै निकायका सरोकारवालाहरुसँग सुझाव लिएर मौद्रिक नीतिको मस्यौदा तयार पारिसकेको छ । उक्त मस्यौदामा गभर्नर आएपछि छलफल हुने र लगत्तै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL