Logo

मर्जर पछि विजय लघुवित्तको सिईओमा बसन्त लम्साल पुनः नियुक्त

मर्जर पछि विजय लघुवित्तको सिईओमा बसन्त लम्साल पुनः नियुक्त



काठमाडौं । मर्जर पछि बनेको विजय लघुवित्त वित्तीय संस्थाको कार्यकारी अधिकृत (सिईओ) मा बसन्त लम्साल पुनः दोहोरिएका छन् । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले असार ३१ गतेदेखि एकीकृत सुरु गरेका थिए । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन।

laxmi

दुवै लघुवित्त संस्थाले गत बैशाख ३० गते मर्जरमा जान अन्तिम सम्झौता गरेका थिए । दुई लघुवित्तले २०७९ मंसिर २६ गते मर्जरमा जानको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि गत चैत २८ गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले पारित गरेको थियो ।

दुई संस्था एक बराबर एक (१ः१)को स्वाप रेसियो अनुपातमा मर्ज भएका हुन्। मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का बनेका छन् । यसैगरी, कम्पनीको सचिबमा सरोज घिमिरे नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL