Logo

एभरेष्ट बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई आर्थिक सहयोग



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले दुधौली नगरपालिका वडा नं. ४ सिन्धुलीमा अवस्थित सरस्वती माध्यामिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको खानेपानी व्यवस्थापनार्थ एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

laxmi

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णु प्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ ।

विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनिय भुमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए । उक्त कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र समाजिक अभियन्ता जानुका श्रेष्ठको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL