Logo

लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार शुरु, चुक्ता पुँजी २० अर्ब ६६ करोड पुग्यो

लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार शुरु, चुक्ता पुँजी २० अर्ब ६६ करोड पुग्यो



काठमाडौ । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले २४ असारमा अन्तिम स्वीकृति दिएको थियो । दुवै एक भएपछि अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।

laxmi

यसअघि दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए । दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् ।

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ थियो । १०० प्रतिशतको स्वापमा मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL