Logo

सनराइज बैंक सिमराद्वारा ट्राफिक प्रहरीलाई ‘पोष्ट’ हस्तान्तरण, प्रहरीलाई कार्यसम्पादनमा सह

सनराइज बैंक सिमराद्वारा ट्राफिक प्रहरीलाई ‘पोष्ट’ हस्तान्तरण, प्रहरीलाई कार्यसम्पादनमा सह



काठमाडौं । बाराको जितपुर सिमरास्थित सनराइज बैंक शाखाले ट्राफिक प्रहरीहरुका लागि अस्थाई ट्राफिक पोस्ट हस्तान्तरण गरको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरी बैंकले करिब १ लाखको लागतमा निर्माण गरिएको पोस्ट हस्तान्तरण गरेको हो ।

laxmi

सनराईन बैंक सिमरा शाखाका प्रमुख मोहनकुमार अधिकारीले समाज प्रतिको पवित्र कर्तव्य र जिम्मेवारी पुरा गर्दै ट्राफिक प्रहरीलाई कार्यसम्पादनमा सहज होस् भन्नका लागि सहयोग गरिएको बताएका छन् ।‘ट्राफिक प्रहरीलाई घाम, पानी र धुलोमा पनि काम गर्न सजिलो होस् भन्नका लागि अहिलेलाई सिमरा चोकमा र केही दिनभित्र पथलैयादेखि वीरगञ्जसम्मको ६ लेनको ठाउँ ठाउँमा जनचेतनामुलक बोर्डहरु राख्ने हाम्रो कार्यक्रम छ’ सनराईज बैंक सिमरा शाखा प्रमुख अधिकारीले भने ।

सनराईज बैंकले सिमराको मुख्य चोकमा खटिने सुरक्षाकर्मीहरुको पोस्ट निर्माण गरिदिएको हो । जिल्ला ट्राफिक कार्यलय बाराका प्रमुख सुरेश ठाकुरले ट्राफिक प्रहरीसँग भएको जरिवाना रकम, बिल भरपाई राख्ने ठाउँको अभाव, पानी पर्दा बस्ने ठाउँको अभावमा ट्राफिक पोष्टले ठूलो काम गर्ने बताएका छन् ।

‘ट्राफिक प्रहरी खोज्नुपर्यो भने पनि यो पोष्टले धेरै सहयोग गर्दछ, यस्तो पोष्टहरु चोक–चोकमा भइदियो भने काम गर्न धेरै सजिलो हुन्थ्यो’ जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख ठाकुरले भने ।

हस्तान्तरण कार्यक्रममा सनराइज बैँकका मधेश प्रमुख दिपक पण्डित, जीतपुर सिमरा वडा नं २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख सुरेश ठाकुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय सिमराका प्रमुख दिलिपकुमार यादव लगायत स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL