Logo

मलेसियन कम्पनी म्याक्स मनीको बदमासी, राष्ट्र बैंकले लगायो पुनः प्रतिबन्ध

मलेसियन कम्पनी म्याक्स मनीको बदमासी, राष्ट्र बैंकले लगायो पुनः प्रतिबन्ध



काठमाडौं । नेपाल राष्ट्र बैंकले म्याक्समनि ट्रान्फर मलेसियालाई पुनः प्रतिबन्ध लगाएको छ । म्याक्समनि ट्रान्फर मलेसियाले विप्रेषण कारोबार वापतको रकम नेपाली इजाजतप्राप्त कम्पनीलाई भुक्तानी नगरेको भन्दै राष्ट्र बैंकले भुक्तानी कारोबार बाहेक अन्य कारोबारमा प्रतिबन्ध लगाएको हो ।

laxmi

कम्पनीलाई राष्ट्र बैंकले यसअघि २०७५ फागुन २ गतेदेखी २०७६ माघ १० गतेसम्मका लागि प्रतिबन्ध लगाएको थियो । यसबीचमा कम्पनीले आंशिक भुक्तानी गरेपछि कम्पनीको प्रतिबन्ध फुकुवा गरेपनि कम्पनीले राष्ट्र बैंकले लगाएको सर्तहरु पालना नगर्दा फेरी प्रतिबन्धमा परेको हो ।

कम्पनीलाई राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ र नेपाल राष्ट« बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी प्रतिबन्ध गरेको हो । कम्पनीले भुक्तानी गर्नुपर्ने निकायलाई भने भुक्तानी तिर्न पाउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL