Logo

कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौता

कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता भएको छ । आइतबार बैंकले त्रिविको व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

laxmi

उक्त सम्झौता पश्चात व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रम लगायत बैंकका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी स्वयंसेवकहरु उपलब्ध गराउन सहमत भएको छ । साथै, व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीहरुलाई बैंकको वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गर्ने छ ।

उक्त सम्झौता पश्चात, बैंकले पहिचान गरेका क्षेत्रहरुमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धान समेत गर्न सहमत भएको छ । बैंकको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुलाई ईन्टर्नसिप कार्यक्रम र बैंकमा रोजगारको अवसर समेत प्रदान गर्ने सम्झौता भएको छ । साथै, बैंकले प्रत्येक वर्ष विभागले सिफारिस गरेका विद्यार्थीहरुलाई २ सोधकार्य गर्ने छात्रवृत्ती प्रदान गर्नेछ ।

यस्तै कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिकबीच बिहीबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले काठमाडौं वडा नं – ११, त्रिपुरेश्वरस्थित ब्लु बर्ड इन्टरनेशनल क्लिनिकले प्रदान गर्ने डाक्टर परामर्श शुल्क बाहेक अन्य सेवाहरुमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL