Logo

कर्जा नतिर्न अराजकता मच्चाउने विरुद्ध ४ वित्तीय संस्था एकै ठाउँमा, तत्काल कारबाही गर्न माग

कर्जा नतिर्न अराजकता मच्चाउने विरुद्ध ४ वित्तीय संस्था एकै ठाउँमा, तत्काल कारबाही गर्न माग



काठमाडौं । बैंक वित्तीय क्षेत्रका ४ संस्थाले आफ्ना कर्मचारीहरुको सुरक्षाको माग गरेका छ । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आफ्ना कर्मचारीको सुरक्षाको माग सरकारसमक्ष गरेका हुन् ।

laxmi

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक तत्वहरु हावी हुँदै आएको र यसले वित्तीय क्षेत्र र यो क्षेत्रका संस्थामा काम गर्ने कर्मचारीहरुलाई सुरक्षा थ्रेट बढेको उनीहरूकाे भनाई छ ।

मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पुर्याउन कुनै पनि तत्वहरुले बाधा पुर्याउनु गैरकानुनी हो । तर, पछिल्लो समय ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अबरोध अवरोध गरिएको र शाखा संचालनमा समेत बाधा पुगेको यी ४ संस्थाको भनाई छ ।

यस्ता अवैधानिक कार्यविरुद्ध सरकारले आवश्यक कदम उठाउन वित्तीय संस्थाहरुले आग्रह गरेका छन् । आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापा स्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेको संघहरुको भनाई छ । यस्ता विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी÷ग्राहकको सुरक्षाका लागी चारै संघले माग रखेका छन् ।

‘ऋण लिए पछि तिर्नु पर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शान्ति÷सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिनुु हुन सरोकारवाला सबै निकायहरुसंग अनुरोध गर्दछौं ।’

यस्तै आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा यसका विरुद्ध आफुहरु सशक्त रुपमा प्रस्तुत हुने चारै संघले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL