Logo

महालक्ष्मी विकास बैंकद्धारा आठौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको प्रायोजन

महालक्ष्मी विकास बैंकद्धारा आठौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको प्रायोजन



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ । बेंकले ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर ,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको हो ।

laxmi

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा यहि असार ८ र ९ गते आर्मी अफिसर्स क्लव, भद«काली, काठमाडौंमा आयोजित आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउनका लागि बैंकले प्रायोजन सहयोग गरेको हो । नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL