Logo

बैंक तथा वित्तीय संस्थालाई काठमाडौं महानगरले थुपार्यो करको भार, कुनलाई कति ?

बैंक तथा वित्तीय संस्थालाई काठमाडौं महानगरले थुपार्यो करको भार, कुनलाई कति ?



काठमाडौं । काठमाण्डौ महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई करको दर थुपारिदिएको छ । महानगरको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० मा विभिन्न बैंकहरुलाई करको भर थुपारिएको हो ।

laxmi

जसमा वाणिज्य बैंकको केन्द्रीय कार्यालयले १ लाख, प्रतिशाखा ५० हजार, विस्तारित काउण्टरले २० हजार कर तिर्नुपर्ने भएको छ । यस्तै विकास बैंक केन्द्रीय कार्यालयले ७५ हजार, शाखा कार्यालयका लागि प्रतिशाखा ४० हजार र विस्तारित काउन्टर १५ हजार कर तिर्नुपर्ने भएको छ ।

यस्तै फाइनान्स कम्पनीको केन्द्रीय कार्यालयले रु ५० हजार, शाखा कार्यालयले प्रतिशाखा रु २५ हजार कर तिर्नुपर्ने बताइएको छ । लघुवित्तको केन्द्रीय कार्यालयले २० हजार, शाखाले रु ३ हजार कर तिर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL