Logo

एभरेष्ट बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग

एभरेष्ट बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल भवन निर्माण गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

laxmi

उक्त सहयोग कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगले बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

सो कार्यक्रममा नायब महाप्रबन्धक केशव राज पौडेल लगायत अन्यहरुको समेत उपस्थिति रहेको थियो । यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL