Logo

सिटिजन्स बैंकले ‘१०% सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

सिटिजन्स बैंकले ‘१०% सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको ‘१०% सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्नका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रूपैयाँ दरका जम्मा ३ अर्बबराबरको ३० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको हो। सम्झौतामा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दीर्घकालीन लगानीकर्ता लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL