Logo

Global_Ime

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत वृक्षारोपण’ सम्पन्न

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत वृक्षारोपण’ सम्पन्न



काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले सोमबार शान्तिनगर, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

Laxmi_sunrise
KBL

द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिव २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपेको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर संचालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC