Logo

सरकारले लघुवित्त क्षेत्रलाई कडाइका साथ नियमन गर्ने, ‘न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमा कार्यक्रम

सरकारले लघुवित्त क्षेत्रलाई कडाइका साथ नियमन गर्ने, ‘न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमा कार्यक्रम



काठमाडौं । सरकारले लघुवित्त क्षेत्रलाई कडाइका साथ नियमन गर्ने नीति ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष ०८०र८१ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

laxmi

लघुवित्त क्षेत्रमा देखिएका पछिल्ला समस्यालाई दृष्टिगत गर्दै समाधानका लागि सरकारले नियमन गर्ने नीति ल्याउन लागेको हो । सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई अघि बढाउने तयारी गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाइने बताए । ‘देशभर बिमाको पहुँच विस्तार गरिने छ । न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गर्न सहजीकरण गरिनेछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL