Logo

कामना सेवा बैंकका ग्राहकले एरोजिन हेल्थ केयर एण्ड रिसर्चमा छुट पाउने, सम्झौता सम्पन्न

कामना सेवा बैंकका ग्राहकले एरोजिन हेल्थ केयर एण्ड रिसर्चमा छुट पाउने, सम्झौता सम्पन्न



काठमाडौं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च, विशालनगर बीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं, विशालनगर स्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने सेवामा छुट पाउने छन् ।

laxmi

उक्त सम्झौता अनुसार कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५ प्रतिशत, स्किन केयरमा ३० प्रतिशत, डेन्टल केयरमा २० प्रशितत, डे केयर (२४/७ नर्सिङ्ग केयर) मा १५ प्रतिशत, फिजियोथेरापीमा ५ प्रतिशत र ल्याब सेवामा २५ प्रशिततसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट सम्पूर्ण ग्राहकले विशेष लाभ लिने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL