Logo

जेठमा बैंकको ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय

जेठमा बैंकको ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय



काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनामा बैंक ब्याजदर नघटाउने भएका छन् । बिहीबार बसेको बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले निक्षेप ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

laxmi

पछिल्लो समय निक्षेपको ब्याजदर घटेपछि बैंकिङ क्षेत्रमा निक्षेप नै निरुत्साहित भएको भन्दै संघले ब्याजदर थपघट नगर्ने निर्णय गरेको संघका एक सदस्यले बताए ।

चैतअघि ११ प्रतिशत रहेको बैंक ब्याजदर चैतयता एकल अंक ९.९९ प्रतिशतमा झरेको थियो । पछिल्लो समय व्यवसायीहरुले बैंक ब्याजदर बढी भएपछि वस्तु मागमा नै संकुचन आएको बताईरहेका छन् ।

यस्तै अर्थमन्त्री प्रकाश शरण महत पनि बैंक ब्याजदर बढी भएकै कारण अर्थतन्त्र शिथिल भएको बताउँदै आएका छन् । त्यसको विपरित बैंकहरुले भने ब्याजदर नघटाउने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL