Logo

Global_Ime

एभरेष्ट बैंकको नयाँ शाखा नवलपरासीको बर्दघाटमा, शाखा संख्या १२५ पुग्यो

एभरेष्ट बैंकको नयाँ शाखा नवलपरासीको बर्दघाटमा, शाखा संख्या १२५ पुग्यो



काठमाडौं । एभरेष्ट बैंकले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नवलपरासी (पश्चिम) मा आफ्नो १ सय २५ औं शाखा उद्घाटन गरेका हो ।

Laxmi_sunrise
Kumari

उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव प्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् ।

उक्त उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमका प्रहरी वरिष्ठ उपरिक्षक किरण बस्नेत, बर्दघाट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष वेधविना तिवारी, इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक विरेन्द्र केसी, बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक श्री लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC