Logo

कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकले अस्पतालको सेवामा छुट पाउने

कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकले अस्पतालको सेवामा छुट पाउने



काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण सरोकावालाहरुले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा आकर्षक छुट पाउनेछन् ।

laxmi

अस्पतालको आपिडि सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटि शुल्क, सिटि स्क्यान, आईसियु, लगायत एनआईसियु, एचडियु÷नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २०% सम्मको र बैंकका ग्राहकहरुले १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सरोकारवालाहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL