Logo

राष्ट्र बैंकद्वारा ९७ करोड ७५ लाखको वैदेशिक राेजगार बचतपत्र जारी, बार्षिक ११ प्रतिशत ब्याज पाईने

राष्ट्र बैंकद्वारा ९७ करोड ७५ लाखको वैदेशिक राेजगार बचतपत्र जारी, बार्षिक ११ प्रतिशत ब्याज पाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र गैरआवासीय नेपालीलार्य मध्यनजगर गरी वैदेशिक बचतपत्र सार्वजनिक गरेको छ । ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको उक्त बचतपत्र राष्ट्र बैंकले शुक्रबार जारी गरेको हो ।

laxmi

उक्त बचतपत्रमा बार्षिक ११ प्रतिशत ब्याज तोकिएको छ । जसको भुक्तानी प्रत्येक ६ महिनामा हुने राष्ट्र बैंकले जानकार दिएको छ । यस्तो बचतपत्र खरिदकर्ताले न्युनतम १० हजार रुपैयाँदेखि खरिद गर्न सक्नेछन् ।

त्यसका लागि विदेशमा भएको नेपाली नागरिक, विदेशबाट फर्किएको ६ महिना नपुगेका नेपाली नागरिकहरुले पनि आवेदन दिन सक्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । यो बैशाख १७ गतेदेखि जारी गरिने र यसको अन्तिम आवेदन जेठ १७ सम्म लिईने बताईएको छ । यसको कुल सावाँ २०८५ को जेठ २४ मा बुझाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL