Logo

प्राइम कमर्सियल बैंकको नाफा २ अर्ब ४६ करोड, ब्याज आम्दानीमा १८ प्रतिशतको वृद्धि

प्राइम कमर्सियल बैंकको नाफा २ अर्ब ४६ करोड, ब्याज आम्दानीमा १८ प्रतिशतको वृद्धि



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले गत वर्षको तुलनामा ९.३५ प्रतिशत कम नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

laxmi

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०७ प्रतिशत, कुल सञ्चालन आम्दानी ११.६८ प्रतिशत, निष्क्रिय कर्जा ०.९४ प्रतिशतबाट ३.०६ प्रतिशत वृद्धि भएको छ । उक्त खराब कर्जामा भएको वृद्धिका कारण बैंकको इम्पेरमेन्ट चार्ज बढेर ९९ करोड पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर २ रुपैयाँ ४९ पैसा घटेर १६ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १९ अर्ब ४० करोड पुर्याएको छ । बैंकको जगेडा कोषमा ९ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
MBL