Logo

एसबिआई बैंकको कर्पोरेट अफिस कमलादीमा, भारतीय राजदूत नवीन श्रीवास्तवले गरे उद्घाटन

एसबिआई बैंकको कर्पोरेट अफिस कमलादीमा, भारतीय राजदूत नवीन श्रीवास्तवले गरे उद्घाटन



काठमाडौँ । नेपाल एसबिआई बैंकले कमलादीस्थित बैंकको कर्पोरेट अफिसको उद्घाटन गरेको छ । भारतीय सेन्टर बैंकका अध्यक्ष दिनेश खारा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन् ।

उक्त समारोहमा भारतीय सेन्टर बैंकका प्रमुख कार्यकारी अधिकृत चल्ला श्रीनिवासुलु शेट्टी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार दे, नेपाल एसबिआई बैंकका सञ्चालक अप्सरा उप्रेति, नेपाल एसबिआई बैंकका स्वतन्त्र सञ्चालक गोपाल पसाद भट्ट, बैंकका वैकल्पिक संचालक शान्त गौतम, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरंजन, प्रमुख संचालन अधिकृत श्रीयादवेंद«्र कांत, नयाँ व्यवसाय प्रवर्द्धन सल्लाहकार छपिराज पन्त साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो ।

यसअघि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँस्थित पशुपति क्षेत्र विकास कोषलाई हाई प्रेशर क्लिनर, वेट एण्ड ड्राई भ्याक्यूम क्लिनर र दश डस्टबीन प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This