Logo

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपालगञ्जको श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहमा छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपालगञ्जको श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहमा छुट



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

laxmi

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रा. लि. का तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बि. सि. शाहले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रा. लि. मा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ तथा क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १०% सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL