Logo

आजबाट बैंकको ब्याजदर एकल अंकमा, कर्जाको ब्याजदर कति तिर्नुपर्छ अब ?

आजबाट बैंकको ब्याजदर एकल अंकमा, कर्जाको ब्याजदर कति तिर्नुपर्छ अब ?



काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले शुक्रबारबाट नयाँ ब्याज दर लागु गरेका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्यवनमा गएको हो ।

laxmi

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ । बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ ।

यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् । शुक्रबारबाट साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL