Logo

एनआईसी एशिया बैंक र बर्फी स्वीट्सबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंक र बर्फी स्वीट्सबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट



काठमाडौं । न्यूरोडस्थित बर्फी स्वीट्स र एनआईसी एशिया बैंकबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंकका ग्राहीलाई बर्फी स्वीट्समा १० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता भएको हो । सम्झौता अनुसार बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा बैंकका ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउनेछन् ।

laxmi

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र बर्फी स्वीट्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार बैंकमा खाता भएका ग्राहकले बर्फी स्वीट्समा मिठाई किनेर मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL