Logo

हिमालयन बैंकद्धारा अपांगमैत्री एटीएम संचालनमा, सबैका लागि बैंकिङ सुबिधाको उद्देश्य

हिमालयन बैंकद्धारा अपांगमैत्री एटीएम संचालनमा, सबैका लागि बैंकिङ सुबिधाको उद्देश्य



काठमाडौं । हिमालयन बैंक लिमिटेडले साँगामा स्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम संचालनमा ल्याएको छ ।

laxmi

बैंकले बैंकिङ्ग सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यताका साथ सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले सो स्थानमा एटीएमको सुरुवात गरेको हो ।

बैंकको सो एटीएमको उद्घाटन शुक्रबार स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा शान्ता दिक्षित द्वारा गरिएको थियो ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज।ब।रा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL