Logo

कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो सिन्डिकेट ऋण प्रवाह : ५५ बैंकको लगानी, साढे ६ खर्ब ऋण

कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो सिन्डिकेट ऋण प्रवाह : ५५ बैंकको लगानी, साढे ६ खर्ब ऋण



काठमाडौं । एशियाका सबैभन्दा धनी उद्योगपति मुकेश अम्बानीको कम्पनी रिलायन्सले कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो सिन्डिकेट ऋण उठाएको छ। रिलायन्स इन्डस्ट्रिज लिमिटेड र जियोले विदेशी मुद्रा ऋणको रूपमा ५ बिलियन डलर (साढे ६ खर्ब नेपाली रुपैयाँ बढी) उठाएका छन् । रिलायन्सले ५५ वटा बैंकबाट ३ अर्ब डलर र जियोले १८ वटा बैंकबाट थप २ बिलियन डलर जुटाएका छन्

laxmi

रिलायन्स इण्डष्ट्रिज लिमिटेड र यसको दूरसञ्चार जियो इन्फोकमले भारतको कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो सिन्डिकेट गरिएको ऋण (बैंक–वित्तीय संस्थाहरूको संमूहबाट) दुई चरणमा कुल ५ बिलियन डलर उठाएका हुन् । गत साता ५५ बैंकबाट रिलायन्सले ३ अर्ब डलर संकलन गरेको छ भने रिलायन्स जियो इन्फोकमले १८ वटा बैंकबाट थप २ अर्ब डलर संकलन गरेको स्रोतले जनाएको छ । मार्च ३१ गतेसम्म तीन अर्ब डलर ऋण लिइसकेको र यो साता मंगलबार दुई अर्ब रुपैयाँ संकलन भएको बताइएको छ ।

रिलायन्स जियोले यो कोष पुँजीगत खर्चको लागि प्रयोग गर्नेछ र जियोले यो रकम देशभर फाइभजी नेटवर्क सुरु गर्न खर्च गर्नेछ। ३ बिलियन ऋण मुख्यतया ५५ ऋणदाताहरूबाट उठाइएको थियो, जसमा करिब दुई दर्जन ताइवानी बैंकहरू, साथै बैंक अफ अमेरिका, चएसबीसी, एमयूएफजी, सिटी, एसएमबीसी, मिझुहो तथा क्रेडिट एग्रिकोल जस्ता विश्वव्यापी बैंकहरू समावेश छन् । प्राथमिक ऋणमा राम्रो प्रतिक्रिया आएपछि थप दुई अर्ब ऋण लिने निर्णय भएको हो । त्यसपछि ५५ ऋणदाताबाट यस्तै सर्तमा २ अर्ब डलरको नयाँ ऋण उठाइएको थियो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL